
काठमाडौं । काठमाडौंको ढल्कोस्थित संघाराम विहारको पुनर्निर्माण र धर्मको नाममा त्यहाँको अध्यक्ष र कोषाध्यक्ष मिलेर करोडौं रकम हिनामिना गरेको तथ्य भेटिएको छ ।
भगवान् बुद्धका उपदेश र उनका आदर्शको प्रचार गरी सुखी मानिस र शान्त समाज स्थापना गर्ने उद्देश्यसहित स्थापना भएको सो विहारमा अध्यक्ष र कोषाध्यक्षको मिलेमतोमा भवन निर्माण र दान दक्षिणको रकम आफू खुसी प्रयोग गर्ने गरेको भेटिएको हो ।
विहारका प्रमुख भिक्षु उपतिस्स श्रेष्ठ महास्थवीर र कोषाध्यक्ष सद्दातिस्सले भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाबाट विहारको बुद्धमूर्ति जीर्णोद्वार परियोजनाका लागि आएको रकम, भूकम्पपीडितको नाममा पुनर्निर्माण प्राधिकरण र सहरी विकास तथा भवन निर्माणबाट आएको १ करोड रुपैयाँ भ्रष्टाचार गरेको पाइएको हो ।
चन्दादाता र आस्थावान् उपासकको धार्मिक आस्था राख्नेहरूले दिएको रकमसमेत भिक्षुले हिनामिना गरेको भेटिएको हो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्