Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


सबै पाठ्यपुस्तक छापियो


65
Shares

काठमाडौं । चालु शैक्षिक सत्रको लागि आवश्यक सबै पाठ्यपुस्तक छपाइ पूरा भएको छ ।

शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जनकशिक्षा सामग्री केन्द्र लिमिटेड र निजी क्षेत्रले गरी २ करोड ६८ लाख पाठ्यपुस्तक छपाइ पूरा गरेको जानकारी दिनुभयो । सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० को १ करोड ५० लाख थान र निजी क्षेत्रले कक्षा १ देखि ५ को १ करोड १८ लाख थान पाठ्यपुस्तक छापेका हुन् ।

जनक शिक्षाले आइतबारसम्म अति दुर्गम र हिमाली गरी ६० जिल्लामा पाठ्यपुस्तक पु¥याइसकेको छ । पाँच दिनअघि हुम्ला, जुम्ला, मुगु, मनाङ, मुस्ताङ, कालिकोट र जाजरकोट जिल्लामा पाठ्यपुस्तक पुर्याइसकेको जानकारी दिँदै जनक शिक्षाका प्रबन्ध सञ्चालक झाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘बाँकी जिल्लामा चार दिनभित्र पाठ्यपुस्तक पुर्याइसकिनेछ ।’

उहाँका अनुसार रौतहट, बारा, पर्सा, रूपन्देही, कास्की, बाँके, बर्दिया, दैलेख, सुर्खेत, बैतडी, डोटी, कैलालीलगायत सुगम जिल्लामा ४ दिनभित्र पाठ्यपुस्तक पुगिसक्नेछ । केन्द्रले आज सानोठिमीबाट सोलुखुम्बु, बारा र पर्सा, दैलेख र सुर्खेत जिल्लामा पाठ्यपुस्तक पुर्याउने तालिका तय गरेको छ । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा लिएको निजी क्षेत्रले छपाइ पूरा भई धमाधम बिक्री भइरहेको जनाएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Skip This