४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


आन्तरिक राजस्व साढे ५ अर्ब कम


52
Shares

काठमाडौं । चालू आर्थिक वर्ष २०७९ /०८० को तेस्रो त्रैमाससम्ममा आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा साढे ५ अर्ब रुपैयाँ न्यून देखिएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार चालू आवको चैत मसान्तसम्ममा आन्तरिक राजस्व संकलन ३ खर्ब ३७ अर्ब १० करोड २० लाख रूपैयाँ रहेकाे छ । गत आवको सोही अवधिमा सरकारले ३ खर्ब ४२ अर्ब ६५ करोड ७८ लाख रूपैयाँ राजस्व उठाएको थियो ।

अहिले अर्थतन्त्रको विभिन्न क्षेत्रमा परेको असर सरकारी राजस्व असुलीमा पनि देखिएको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।