
महोत्तरी । भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ ।
तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ । सुन्दा आङै जिरिङ हुन्छ । लमीको सहयोगमा भाइको फोटो देखाएर १७ वर्षीया किशोरीको दाइसँग विवाह गरिदिए । जब किशोरीले विवाहमा धोका भएको थाहा पाइन् । उनको जीवनमा अर्को बज्रपात आइलाग्यो ।
आफ्नै सासु र नन्दले वंशका लागि भन्दै श्रीमानका भाइ (देवर) सँग यौन सम्पर्क गर्न दबाब दिए । गएको असारमा गौशाला–५ का लालेन्द्र साहसँग किशोरीको विवाह भयो । विवाहको कुरा हुँदा लमीले विवाह गर्ने पुरुष भन्दै शैलेन्द्र साहको फोटो देखाएका थिए । किशोरीले बुहारी भएर घर भित्रिएपछि थाहा पाइन् । फोटोमा देखिएको व्यक्ति त देवर परेछन् ।
‘भाग्यको लेखा भन्दै किशोरीले चित्त बुझाउने प्रयास गर्दै थिइन् । यातनाको अर्को शृंखला सुरु भयो । ‘देवरसँग यौन सम्पर्क गर्नुपर्ने । ‘जे भयोभयो भनेर चित्त बुझाउँदै थिएँ नन्द तुलसीकुमारीले देवरसँग सुत भन्न थाल्नु भो ।’ किशोरीले रुदै भनिन् ‘म मानिनँ नन्द र सासुले मुखमा कपडा कोचेर राति-राति कुट्न थाले ।’
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्