काठमाडाैं । वातावरण विभागले जंगलमा लागेको डढेलोका कारण वायु प्रदुषण बढेको बताएको छ ।
वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभरको प्रदुषणको मात्रा बढेको बताउनुभएको हो । उहाँले पानी नपर्दा र हावा वहन नसक्दा प्रदुषण एकै ठाउँमा थुप्रिएको बताउनु भयो ।
उहाँले स्याटलाइट इमेज हेर्दा काठमाडौं उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदुषण बढेको बताउनु भयो ।
बारा, पर्सा र चितवनबाट वागमती करिडोर हुँदै काठमाडौंमा आएको हावा अन्यत्र वहन नसक्दा काठमाडौं उपत्यकामा प्रदुषणको मात्रा बढेको बताउनु भयो ।
उहाँले काठमाडौं प्रदुषणको पहिलो नम्बरमा पर्यो जस्ता समाचारहरु सञ्चारमाध्यममा आइरहेको तर त्यसले ठूलो फरक नपार्ने बताउनु भयो । उहाँले प्रदुषणको पहिलो, दोस्रो नम्बरमा पर्यो भन्नेकुरा प्रचारबाजीको विषयवस्तुमात्रै भएको बताउनु भयो ।
प्रवक्ता पौडेलले प्रदुषणको मात्रा बढेकाले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, थप शतर्कता अपनाउनुपर्ने र सकेसम्म घरबाहिर निस्किन नहुने बताउनु भयो ।










प्रतिक्रिया दिनुहोस्