
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औंवार्षिक प्रतिवेदनसँगै मुलुक कुशासनको चक्र माफस्दै गइरहेको देखिएको छ । राज्यका विभिन्न निकाय तथा तीनवटै सरकारका निकायले अनियमित र बेनियम किसिमले खर्चगर्दा बेरुजु बढेको महालेखा परीक्षक कार्यालयको ठहर छ । कार्यालयका अधिकारीहरूका अनुसार सरकारी निकायले ५० अर्बभन्दा बढी अनियमित किसिमले खर्च गरेकाले त्यस्तो कार्य भ्रष्टाचार नै हुने बताइएको छ ।
महालेखाका अनुसार बेरुजुका विभिन्न प्रकृतिमध्ये असुलउपर गर्ने बेरुजुमामात्रै ३०अर्ब ४२ करोड खर्च भएको छ । यो ठूलो भ्रष्टाचार नै रहेको विज्ञहरूले औंल्याएका छन् । यसैगरी अनियमित किसिमले खर्च गर्दा निस्किएको बेरुजु रकम १९ अर्ब ८७ करोड रहेको महालेखाले जनाएको छ । सो रकम पनि अर्को किसिमको भ्रष्टाचार नै रहेको महालेखाको निष्कर्ष छ । महालेखाले त्यसरी भ्रष्टाचार भएको रकम असुलउपर गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको छ ।
महालेखाले गतवर्ष सरकारी निकायबाट भएका अन्य विकृतिजन्य खर्चलाई समेत औंल्याएको छ । जसअनुसार असारे विकासका नाममा असार महिनाको अन्तिम एक सातामामात्रै ९८ अर्ब ९९ करोड ७१ लाख ८१ ह्जार खर्च भएको थियो । यो खर्च बालुवामापानी सरह भएकाले त्यसको खोजतलास हुनुपर्ने महालेखाका अधिकारीको भनाइ छ । यसै गरीआर्थिक वर्ष २०७८र७९ मा रकमान्तर मात्रै १ खर्ब ९६ अर्ब ४१ करोड गरिएको थियो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्