
काठमाडौं, भदौ १८ । काठमाडौंको बसुन्धरास्थित स्पिड गेस्ट हाउसमा एक युवतीको शव फेला परेको छ ।
धादिङ स्थायी घर भएकी २० वर्षीय लक्ष्मी परियारको शव गेस्ट हाउसमा फेला परेको हो । होटल सञ्चालकले महाराजगञ्ज प्रहरी वृत्तलाई खबर गरेपछि प्रहरीले कोठा खोली हेर्दा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रहरी उपरीक्षक दामदत्त जोशीले बताए ।
मृतक लक्ष्मी र एक युवक केही दिनदेखि होटलमा बस्दै आएका थिए । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्