५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


वातावरण बनाए कोरियाबाट लगानी आउँछ


312
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरे कोरियाको लगानी नेपाल भित्राउन सकिने बताएका छन् ।

राष्ट्रिय आयोना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँगको भेटमा उनले नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्राएर विकासमा फड्को मार्न सक्नेमा विश्वास व्यक्त गरे ।

कोरिया सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायका झण्डै चार दशक काम गरेका पूर्वमन्त्री लीले कुनैपनि देश विकासका लागि नेतृत्व बलियो हुनुपर्नेमा जोड दिए । उनले दक्षिण कोरीयाले सहि नेतृत्वका कारण विकशित राष्ट्र बन्न सकेको बताए ।

उनले भने, ‘नेपालमा कैयन सम्भावना छन् , यी सम्भावनालाई अवसरका रुपमा लिन सके नेपालले पनि विकासका छलाङ मार्न सक्छ । नेपालमा लगानीमैत्री वातावरण बनेमा विश्वबाट लगानी र प्रविधि ल्याउन समन्वय गर्छौ ।’

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।