
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय भन्सार नाका नजिकैबाट चारी पैठारी बढेको भन्दै यसमा केही रुपमा कर्मचारी पनि दोषी रहेको बताएका छन् ।
सोमबार भन्सार व्यवस्थापन गोष्ठीमा मन्त्री डा. महतले भन्सार महशुलमा कमी आउनुमा कर्मचारीको पनि दोष देखिएको बताए ।
कडा रुपमा प्रस्तुत हुँदै उनले भने, ‘अहिले राजस्व घटेको छ । राजस्व घट्दा कर्मचारी दोषी छन् भनेर कठघरामा उभिएको भन्ने मेरो भनाई होइन । राजस्व घट्नुमा विभिन्न कारण छन् । हामी आफैं कति कारक छौं । त्यसको आत्ममूल्यांकन सबैले गर्नुपर्छ । पछिल्लो समय चोरी पैठारी बढ्यो । यो चोरीपैठारी भन्सारभन्दा टाढाको बाटोबाट भएको छैन । भन्सार नाकाकै छेउछाउबाट चुहावट भएको छ, यो गम्भिर कुरा हो’ ।
भन्सार विभागले मन्त्रालयलाई उपलब्ध गराएको रिपोर्टअनुसार यो वर्ष २८ प्रतिशत भन्सार घटेको छ । यसमध्ये भैरहवा भन्सारको राजस्व सबैभन्दा धेरै घटेको छ । भैरहवा भन्सारको ४४ प्रतिशत भन्सार घटेको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्