१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024


घनघोर बर्षापछि भारतको राजधानी नयाँ दिल्लीमा डुबान


0
Shares

नयाँ दिल्ली, भदौ १७ । भारतको राजधानीमा परेको घनघोर बर्षाका कारण यहाँका केही भागमा डुबान हुँदा दिल्लीको यातायातलगायतका दैनिक जनजीवन कष्टकर बनेको छ ।

दिल्ली र वरपरका क्षेत्रमा विगत केही दिनदेखि व्यापक वर्षा भएको र यसका कारण राजधानी र वरपरका केही बस्तीहरूसमेत डुबानमा परेका छन् ।

डुबानले खास गरी यातायात सेवालाई प्रभावित तुल्याएको छ । डुबानपछि नगरका अधिकारीले भल निकासका लागि कमजोर संयन्त्र बनाएको भन्दै एक आपसमा आरोप प्रत्यारोप गरेका छन् ।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले आगामी दुई दिनसम्म बर्षा भइरहने जनाएको छ । 

आइएमडीले हरियाणा, चण्डीगढ, दिल्ली र वरपरका क्षेत्रमा विशाल बर्षा हुने जनाएको छ । बर्षाको प्रभाव दुईदिनपछि बिस्तारै कम हुने विभागले जनाएको छ । 

शनिबारको बर्षापछि यमूना बजारमा डुबान हुँदा करिब ३० जना अलपत्र परेको जनाइएको छ । उनीहरू यात्रा गरिरहेको बस सडकमा जम्मा भएको पानीका कारण बिग्रिएपछि उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेका थिए । (रासस÷एएनआई)