५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


को आउला निजामतीको सर्वोच्च पद मुख्य सचिवमा ?


962
Shares

काठमाडौं । मुख्य सचिव शंकरदास वैरागीको पदावधि सकिन केही महिनामात्रै बाँकी रहदा नयाँ मुख्य सचिवका बारेमा चर्चा सुरू भएको छ ।

वैरागीको समयावधि छोटिँदै जाँदा निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिव बन्न वरिष्ठ सचिवहरूले समेत आन्तरिक लबिङ थालेका छन् ।

मुख्य सचिव वैरागीलाई महत्वपूर्ण देशको राजदूत वा संयुक्त राष्ट्रसंघ (यूएन)को स्थायी प्रतिनिधिमा पठाएर नयाँ मुख्य सचिव नियुक्त गर्न सकिन्छ कि भन्ने विषयमा उच्च सरकारी तहमा छलफल सुरू भएको स्रोतको दाबी छ । मुख्य सचिव पनि पदावधि सकिनै लाग्दा नयाँ अवसरको खोजीमा रहेको बताइएको छ ।

भारत, चीन, अमेरिका, बेलायतलगायतका मुलुकमा राजनीतिक नियुक्ति भइसकेकाले मुख्य सचिव वैरागीलाई क्यानडाको राजदूत बनाउन सकिने विषयमा समेत छलफल हुन थालेको स्रोतको दाबी छ । स्रोतका अनुसार उहाँलाई यूएनको स्थायी प्रतिनिधिको रूपमा समेत पठाउन सकिने छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।