५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


दोस्रो साझेदारको बाटोमा अमेरिका


1.066k
Shares

काठमाडौं । नेपालमा रेमिटन्सपछि वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत मानिएको निर्यात व्यापार र पर्यटनमा भारतपछि दोस्रो स्थान अमेरिकाले लिएको छ ।

अहिलेसम्म दुई छिमेकी मुलुकमध्ये भारत पहिलो र चीन दोस्रो स्थानमा थिए ।

कोभिड महामारीपछि लामो समयसम्म उत्तरतर्फको नाका बन्द हुनु तथा नेपाल चीन सिधा हवाई उडानमा कमी आउनुजस्ता कारणले नेपालको निर्यात व्यापार तथा पर्यटन साझेदारीमा चीनलाई अमेरिकाले उछिनेको हो ।

विश्व अर्थतन्त्रमा आफ्नो प्रवाह बढाउन अमेरिका र चीन प्रयत्नशील रहेका बेला नेपाली अर्थतन्त्रका लागि भने नजिकको चीनभन्दा टाढाको अमेरिका अनुकूल देखिन थालेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।