Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


एकै दिन थपिए ६४ जना कोरोना संक्रमित


117
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित छन् ।