Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


कछुवाको गतिमा बुटवल–नारायणगढ सडक निर्माण

चार वर्षमा २८ प्रतिशत मात्रै प्रगति

1.5k
Shares

बुटवल । पश्चिम नेपालको लाइफलाइन बुटवल–नारायणगढ सडकखण्ड निर्माण थालनी भएको चार वर्ष पूरा भएको छ ।

यस अवधिमा यात्रुहरूले निकै कष्ट बेहोरे । कैयौं दुर्घटनासमेत भए तर सडक निर्माणको गतिमा अघि बढेको छ ।

यो सडक निर्माण सम्झौताको अवधि सकिएको आठ महिना बितेको छ , तर, म्याद सकिएर फेरि थपिएको सडक निर्माणको भौतिक प्रगति अहिलेसम्म जम्मा २८ प्रतिशत मात्रै छ । सडकको वित्तीय प्रगति १५ प्रतिशत मात्रै छ ।

यो सडक निर्माणको ठेक्का चाइना स्टेट इन्जिनियर कर्पाेरेशनले लिएको थियो । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माणको ४८ महिना बितिसक्दा २८ प्रतिशत मात्रै काम भएको हो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।