५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


स्वास्थ्यमा कृत्रिम फोक्सो


299
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान गरिएको छ ।

विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले वायु प्रदूषणको अवस्था तथा हावाको स्वच्छता परीक्षण गर्नका लागि कृत्रिम फोक्सो जडान गरिएको जानकारी दिनुभयो ।

उहाँले वायु प्रदूषणको अवस्था हेर्न तथा यसले हामीलाई कस्तो असर गरिरहेको छ भन्ने देखाउनका लागि यस्तो फोक्सो जडान गरिएको बताउनुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।