
काठमाडौं, चैत्र २४
नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एकैदिन ९९ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार १७७ पीसीआर परीक्षणबाट ४१ अर्थात् २३.१७ प्रतिशत संक्रमित पाइएका छन् ।
त्यस्तै १ हजार ४५८ एन्टिजेन परीक्षणबाट ५८ संक्रमित पाइएका छन् । शुक्रबार जम्मा २६ संक्रमितलाई निको भएको छ ।
पीसीआरका सक्रिय संक्रमित बढेर ३७३ पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्