५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


आजबाट पाठ्यपुस्तक बिक्री सुरू


1.521k
Shares

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख २ गतेबाट सुरू हुने नयाँ शैक्षिक सत्रका लागि आज शुक्रबारबाट देशैभर पाठ्यपुस्तक बिक्री सुरू गर्ने भएको छ ।

सानोठिमीस्थित मुख्य कार्यालयसहित ८ स्थानबाट बिक्री सुरू गर्न लागेको केन्द्रले सबै प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम र अन्तिममा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने बताएको छ ।

केन्द्रले सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै दुर्गममा पहिलो, पहाडीमा दोस्रो र सुगम र तराईका जिल्लामा अन्तिम चरणमा पाठ्यपुस्तक ढुवानी र बिक्री गर्न निर्देशन दिएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले दिनुभएको जानकारीअनुसार आठबटै प्रदेश कार्यालयले १ हजार २ सय ६७ बिक्रेतामार्फत पाठ्यपुस्तक ढुवानी र बिक्री गर्ने र वैशाख ५ गतेभित्र देशैभरका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसक्ने छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।