५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


बजेटजस्तै साझा कार्यक्रम


208
Shares

काठमाडौं । सत्ता गठबन्धनले वार्षिक कजेटमा जस्तै कार्यक्रम राखेर साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । वार्षिक बजेटमा कार्यक्रम, त्यसका लागि गरिने खर्च र आवश्यक स्रोतको त्रिपक्षीय व्यवस्था मिलाइएको हुन्छ ।

यो साझा न्यूनतम कार्यक्रममा भने बजेटमा जस्तै यो र त्यो गरिने छ भन्दै कार्यक्रमको फेहरिस्त समेटिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालगायत शीर्ष नेताको उपस्थितिमा साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

यसमा चालु बजेटमा रहेका अधिकांश कार्यक्रम राखिएका छन् भने बजेटकाहेब केही नौला कार्यक्रम पनि समेटिएका छन् । तर, ती सबै आआफ्ना दलले निर्वाचनका बेला सार्वजनिक गरेका बाचामात्र हुन् । यो कार्यान्वयन भन्दा पनि हामीले साझा न्यूनतम कार्यक्रम बनाएका छौं भन्नलाई मात्र सार्वजनिक गरिएको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।