३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


अब उमेर पुगेका सबै नेपालीले अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने !


0
Shares

सर्लाही, भदौ १७ । अर्थमन्त्री डा. युवराज खतिवडाले उमेर पुगेका सबै नेपाली नागरिकले अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्थासहितको कानुन छिटै ल्याइने बताएका छन् ।

सर्लाही सदरमुकाम मलंगवामा कर सेवा कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री खतिवडाले देशमा दोहोरो–तेहोरो कर भन्ने नहुने भन्दै कर लादेर नभई जनताको क्षमता तथा आयस्तर हेरेर लगाइने बताए ।

सर्लाहीको सेवा केन्द्रबाट करिब १५ हजार सेवाग्राही लाभान्वित हुने जनाइएको छ ।

गत आर्थिक वर्षको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीमा ४१ करोड र आन्तरिक राजस्वकार्यालय जनकपुर र कर सेवा केन्द्र बर्दिवासमा गरी करिब ८० करोड कर संकलन भएको थियो ।

अब यस कार्यालयमै सबै कर बुझाउन सकिने भएको आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख कृष्णप्रसाद मैनालीले जानकारी दिए । मन्त्री खतिवडाले सर्लाही भन्सार कार्यालयको निरीक्षण पनि गरे ।