८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


शेयर बजारमा सामान्य सुधार


0
Shares

काठमाडौं, भदौ १७ । साताको शुरुको दिन आइतबार शेयर बजार सकारात्मक रह्यो ।

निरन्तर वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार गत बिहीबारदेखि सामान्य सुधारिएको हो । आइतबार कारोबारमा पनि केही सुधार आयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से करिब ९ अंकले उकालो लागेर ११९० पुग्यो ।

यसदिन बढीजसो समूह हरियो रहेसँगै नेप्सेमा सुधार आएको हो । जीवन बीमा, अन्य र उत्पादनमूलक समूह सामान्य अंकले रातो रहेबाहेक अरु समूह सकारात्मक रहेका हुन् ।

होटल समूहमा सबैभन्दा उच्च ३२ अंकको बृद्धि आयो । निर्जीवन बीमा समूह पनि २९ अंकले बढ्यो ।

विकास बैंक, वाणिज्य बैंक र लघुवित्त समूह पनि दोहोरो अंकले सुधारिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६४ कम्पनीको ९ लाख ६० हजार कित्ता शेयर सवा ३० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।