१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


समाज डेन्टल हस्पिटलको शाखा अब बौद्धमा पनि खुल्याे


1.846k
Shares

काठमाडाैं । दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता भन्ने उदेश्यका साथ समाज डेण्टल हस्पिटलको जोरपाटी बौद्धमा शाखा खुलेको छ । समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा बौद्ध – जोरपाटीमा नि सेवा विस्तार गरेको हो ।

समाज डेण्टल हस्पिटलका प्रबन्धक सबिन घिमिरिले एतिहासिक धार्मिक, सांस्कृतिक शहर बौद्ध जोरपाटी क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी लागेको बताउनुभयाे । सामन्य शुल्कमा गुणस्तरीय सुविधा दिने उदेश्यका साथ शाखा स्थापना गरिएको घिमिरेले बताउनुभयाे ।

यहि चैत्र २५ गते एक विशेष समारोहका बीच उदघाटन हुने शाखाको उक्त दिन सम्पुर्ण सेवाहरुमा ५०% छुट र बाकी चैत्र महिना र बैशाख महिना भरि १५ % छुट दिने जानकारी पनि प्रबन्धक घिमिलेले दिनुभएकाे छ ।

समाज डेण्टल हस्पिटलले २३ वर्षदेखि दात तथा मुख सम्बन्धी रोगको उपचार गर्दै आएको छ । काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलको शाखाहरु बानेश्वर, जाउलाखेल, बिपि अस्पताल, राधेराधे भक्तपुर, सनसिटि पेप्सिकोला, बसुन्धरा चौक , बनेपा, गठाघर र भक्तपुरमा रहेको छ ।