
मकवानपुर । बागमती प्रदेश सरकारमा सहभागी हुने दलबीच मत नमिल्दा मन्त्रालय नेतृत्वविहीन बनेका छन् ।
मन्त्तिपरिषद् विस्तार नहुँदा मन्त्रालयका कामले रफ्तार लिन सकेको छैन् । नेतृत्वका लागि भएको हानाथाप र रस्साकस्सीका कारण जनताको काम ओझेलमा परेको छ ।
लामो सायसम्म पनि प्रदेशका सातवटा मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेको छैन्, मन्त्रालयमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको नाम छ तर काम अगाडि बढ्न सकेको छैन् ।
आठ वटा मन्त्रालयको जिम्मेवारी एक्लै सम्हाल्दै आएका मुख्यमन्त्री जम्मकट्टेलको पनि मन्त्रालय र मुख्यमन्त्री कार्यालयको काम गर्नेभन्दा पनि नेपाली कांग्रेसलाई कसरी सरकारमा सहभागी गराउन सकिन्छ भन्नेमा दिन बितिरहेको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्