६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


कोभिड बढ्दा आर्थिक–सामाजिक क्रियाकलापमा असर पर्ने संकेत


637
Shares

काठमाडौं । पछिल्लो समय कोभिड संक्रमण बढ्न थालेपछि यसको असर आम मानिसको दैनिकी र उनीहरुको आर्थिक क्रियाकलापमा पर्ने संकेत देखिएको छ ।

देशको आर्थिक अवस्था सकारात्मक हुन नसकेको बेला पुनः संक्रमण बढ्दा यसको असर समग्र आर्थिक क्षेत्रमा पर्ने देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड–१९ ले मानव जनजीविकाको हरेक क्षेत्रलाई प्रभावित गरेको जनाउँदै सचेत रहन चेतावनी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोभिड महामारी अझ पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको जनाउँदै सचेत रहन अनुरोध गरेका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।