६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण


273
Shares

काठमाडौं । सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी) ले गरेको छ ।

मंगलबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजजिक गर्दै एडीबीले यस्तो प्रक्षेपण गरेको हो ।

यसअघिका दुई आर्थिक वर्षमा नेपालले आर्थिक वृद्धिको प्रक्षेपित लक्ष्य भेट्टाउन नसकिरहेको अवस्थामा एडीबीले सन् २०२३ का लागि आर्थिक वृद्धिको लक्ष्य प्रक्षेपण गरेको हो ।

सन् २०२२ मा ५.८ प्रतिशत रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा ४.१ र सन् २०२५ मा ५ प्रतिशत हुने प्रक्षेपण एडीबीको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।