
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८० जनामा कोरोना संक्रमण देखिएकाे छ ।
एक हजार ११७ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
पीसीआर विधिबाट ४६६ र एन्टीजेनबाट ६५१ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट १६ को रिपोर्ट पोजिटिभ आएको हाे ।
यो अवधिमा १२ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या २७९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्