काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले विद्युत उत्पादनसँगै खपतमा पनि जोड दिनु पर्ने बताउनु भएको छ ।
सोसाइटी अफ ईलेक्ट्रिकल ईन्जिन्यिर्स नेपाल (सीन)ले आज राजधानीमा गरेको कार्यक्रममा मन्त्री बस्नेतले विद्युुत खपत बदाउनकालागि विद्युतीय साधनको प्रयोग बढाउन आवश्यक रहेकोमा जोड दिनुभएको हो ।
सीनका अध्यक्ष डील्लीरत्न शाक्यले विद्युतीय सवारी साधनको उपयोग बढाउन यससम्बन्धी पूर्वाधार विकासलाई प्राथामिकतामा राख्न आवश्यक रहेको बताउनुभयो ।
मर्मतसम्भारका लागि आवश्यक जनशक्ति उत्पादनका लागि विश्वविद्यालयहरुले ईलेक्टिकल र मेकानिकल दुवै विषय जोडेर भिन्दै पाठ्यक्रम सुरु गर्न आवश्यक रहेको पनि शाक्यले औंल्याउनुभयो ।









प्रतिक्रिया दिनुहोस्