१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण बढ्यो


390
Shares

काठमाडाैं । भारतमा रोगजारी गरी नेपाल फर्कने नेपालीहरुलाई कोरोनाको संक्रमण देखिन थालेको छ ।

भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेपछि परीक्षणमा कडाई गर्दा बाँकेको नेपाल भारत सीमा जमुनाहा भन्सार नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई संक्रमण देखिएको हो ।

नेपाल फर्कनेहरुमा कोरोना संक्रमण बढेसँगै नाकामा परीक्षणको दायरा बढाइएको जमुनाहा नाकाका हेल्थ डेस्क प्रमुख
गीता गिरी साहीले जानकारी दिनुभयो ।

उहाँले नेपाल फर्कने नेपालीहरुको दैनिक परीक्षणमा कोरोना संक्रमित देखापर्न थालेसँग परीक्षणको दायरा पनि बढाएको
बताउनु भयो ।

उहाँले जमुनाहा नाकाबाट दैनिक करिव डेढ सयदेखि २ सय जनाको जाँच हुने गरेको बताउनु भयो । साहीले चैत महिनामा मात्रै ३० जनामा कोरोना पोजेटिभ देखिएको बताउनु भयो ।

कोरोनाको पोजेटिभ देखिएकाहरुमा समान्य लक्षण देखिएकाले उनीहरुलाई आइसोलेसनमा बस्ने सुझाव दिएर घर पठाउने गरिएको प्रमुख साहीले बताउनु भयो ।