
काठमाडाैं । सन्धिखर्क नगरपालिकाको सहयोगमा अर्घाखाँची अस्पतालमा आज तीनवटा सेवाहरु सञ्चालनमा आएका छन् ।
जसअन्तर्गत शववाहन सेवा, आँखा बहिरङंग सेवा र शिघ्र कुपोषण एकीकृत व्यवस्थापनका लागि बहिरंग उपचार केन्द्रको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले जिल्लाका सबै नागरिकलाई सहज हुने गरी सेवाहरु सञ्चालनमा ल्याएको बताउनुभयो ।
नगरपालिकाले करिब २५ लाख रुपैयाँमा खरिद गरेको शववाहन, ५ लाख रुपैयाँमा खरिद गरिएको आँखा उपचारका उपकरण र कुपोषणबाट बचाउन बालबालिकाका लागि आवश्यक पर्ने सामग्री समेत हस्तान्तण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्