Logo २ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026


फोनपे र सुलभपेबीच भुक्तानी सहकार्यको शुरुवात


91
Shares

काठमाडौं । नेपालको भुक्तानी प्रणाली सञ्चालक फोनपे नेटवर्क लिमिटेड र भुक्तानी सेवा प्रदायक सुलभपे (एनक्याश ) वालेटबीच सहकार्य सुरू भएको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो ।सम्झौता पत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपे (एनक्याश)का प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले हस्ताक्षर गर्नुभयो ।

यो सँगै सुलभ पे प्रालिको एनक्यास पूर्ण स्क्यान भुक्तानी सेवाहरू सुरू गर्ने पहिलो वालेट बनेको छ । एनक्यास प्रयोगकर्तालाई सहज भुक्तानी अनुभव प्रदान गर्न डिजाइन गरिएको र फोनपे क्यूआर प्रयोग गर्ने क्षमताको साथ अतुलनीय स्तरको सुविधा रहेको कम्पनीले जनाएको छ ।