
काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा २ मा सोमबार ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
विभिन्न राजनीतिक दलका १२ तथा स्वतन्त्रतर्फ २४ गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
३६ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा विभिन्न क्षेत्रमा ४ मंसिरको निर्वाचनमा पराजित नेताकै बीच हुने देखिन्छ ।
जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजराज चौधरीका अनुसार ३६ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्