२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


करोडपति ‘सुब्बासाब’- धमाधम अख्तियारको फन्दामा

कसको अवैध सम्पत्ति कति ?

260
Shares

काठमाडौं । आकर्षक निकायमा बस्ने नायब सुब्बास्तरका कर्मचारीहरु अकूत सम्पत्ति छानबिनका क्रममा धमाधम ‘भ्रष्टाचारी’ सावित हुन थालेका छन् । उनीहरु अकूत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्दै जान थालेका हुन् ।

यसै क्रममा अख्तियारले आइतबार भन्सार विभागका पूर्व नायबसुब्बा रघुनाथ घिमिरेविरुद्ध २ करोड १४ लाख गैरकानुनी रुपियाँ आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले घिमिरे र उनकी श्रीमती शारदा गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै भ्रष्टाचार गरेर कमाएको सो सम्पत्ति जफत गर्न माग गरेको छ ।

आयोगका अनुसार घिमिरेले ७ करोड ३९ लाख ६२ हजार ९ सय ८४ रुपियाँ जोडेकोमा त्यसमध्ये उनको वैध आम्दानी ५ करोड २५ लाख १६ हजार रुपियाँ मात्रै ठहर भएको थियो । बाँकी २ करोड १४ लाख ४६ हजार ६ सय ५२ रुपियाँ २४ पैसा गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।