२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


दुई सदस्यको भरमा आयोगमा बजेट छलफल


91
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयारीका लागि क्रममा सोमबारदेखि राष्ट्रिय योजना आयोगमा अन्तर मन्त्रालय छलफल सुरू हुँदैछ ।

तर छलफलका लागि कर्मचारीबाहेक आयोगमा सदस्य भने दुई जना मात्र छन् । मन्त्रालयगत छलफलमा धेरै जसो सहभागिता आयोगका कर्मचारीको हुने गरे पनि विभिन्न विषयमा निर्णय गर्दा भने आयोगका उपाध्यक्ष र सदस्य सहभागी हुने गरेका छन् ।

मन्त्रालय र आयोगका कर्मचारीबीच पहिलो चरणमा छलफल भए पनि त्यसलाई अन्तिम रूप दिन सदस्यको भूमिका रहन्छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।