६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


जुम्लाको पातारासी–५ बालविवाह मुक्त घोषणा


26
Shares

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।

आइतबार एक औपचारिक कार्यक्रम गरेर पातारासी गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालाको पटक पटकको अनुगमन र निरीक्षणपछि वडाभित्र चालू आर्थिक वर्षमा शून्य बालविवाह देखिएपछि बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

अशिक्षाले जगडिएको पातारासीमा सिंगो वडा नै बालविवाहमुक्त क्षेत्र घोषणा हुनु महŒवपूर्ण उपलब्धि भएको जिल्ला समन्वय समिति जुम्लाका सदस्य धनसुर बुढाले बताए । पातारासीमा बालविवाह न्यूनीकरण गर्दै सभ्य समाज निर्माणको पहिलो सिँढी पार गरिएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । पातारासी–५ को सिको अरू वडाले गर्न आवश्यक रहेको राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख धनराज शाहीले बताए ।

बालविवाह सामाजिक कुरीति मात्रै नभएर कानूनी अपराध भएकोले यसबाट टाढा रहन उनले आग्रहसमेत गरे । बालविवाहमुक्त वडा घोषणाले केही हदसम्म भए पनि बालबालिकाको अधिकार प्रत्याभूत हुने उनको भनाइ थियो । बालविवाह सामाजिक विकासको बाधक भएकाले अरू वडाले समेत न्यूनीकरणमा जोड दिनुपर्ने पातारासी गाउँपालिकाअन्तर्गत स्वास्थ्य शाखा प्रमुख रतन बुढाथापाले बताए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।