
काभ्रे । काभ्रेपलाञ्चोकमा पुनः डेंगु र कोरोना संक्रमण देखिएको छ । तीन महिनापछि सात जना कोरोना र पाँच महिनापछि डेंगु संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यसै साता पाँचखाल–३ का ५१ वर्षीया एक महिलामा डेंगु संक्रमण पुष्टि भएको छ । परीक्षणपछि हाल उनी घरमै स्वास्थ्यकर्मीको निगरानीमा छिन् ।
हाल स्थानीय तहका स्वास्थ्य शाखामार्फत लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’ मा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुरूषोत्तम सेडाईले बताए ।
जिल्लामा तीन वर्षपछि पाँचखालमा डेंगुको संक्रमण देखिएको थियो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्