
सर्लाही । बागमती नगरपालिकामा निर्माणाधीन बागमती माछा पोखरीमा आन्तरीक पर्यटकको घुइँचो लागेको छ ।
संघीय भूउपयोग नीतिअनुसार खेर गएको बागतमी नदीको जमिनलाई आन्तरिक आयसँग जोडेर २०७५ सालबाट निर्माण सुरु भएको तालमा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको ताल व्यवस्थापन समितिले जनाएको छ ।
मानव निर्मित तालमा निर्माणकै चरणमा ३१ साना र एउटा ठूलो डुङ्गा सञ्चालनमा रहेको छ ।
करिब १ सय १ बिघामा पानी र २० बिघामा रोड, नेपालको चित्र, बगैँचाका साथै रिसोर्ट गरी १ सय २१ बिघामा फैलिएको ताल निर्माणकै क्रममा आन्तरिक पर्यटकले अवलोकन गर्ने क्रम बढेको हो ।
प्रतिक्रिया दिनुहोस्