२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


ईश्वरपुरमा दनुवार जागरण समितिको ५ औँ राष्ट्रिय अधिवेशन जारी


559
Shares

सर्लाही । सर्लाहीको ईश्वरपुरमा दनुवार जागरण समितिको ५ औँ राष्ट्रिय अधिवेशन जारी छ । ईश्वरपुर नगरपालिका ७ धनपती डाँडामा अधिवेशनको राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई दनुवारले आज दिउँसो उद्घाटन गर्नुभयो ।

दनुवार जागरण समितिका राष्ट्रिय अध्यक्ष रुपनारायण सिंह दनुवारको अध्यक्षतामा आयोजित अधिवेशनको उद्घाटन समारोहमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार, सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार, काभ्रेको पाँचखाल नगरपालिकाकी उपमेयर सूर्यमाया दनुवारलगायतले मन्तव्य राख्नुभयो ।

अधिवेशनको उद्घाटन समारोहमा दनुवार समुदायबाट विभिन्न तह, तप्कामा पुग्न सफल दुई दर्जन भन्दा बढी व्यक्तिलाई आआयोजक दनुवार जागरण समितिले सम्मान गरेको छ । नयाँ नेतृत्व चयन गर्दै अधिवेशन आजै राति अबेरसम्म सकिने छ ।