Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सिन्धुलीमा करेन्ट लागेर छोराको मृत्यु, बाबु घाइते


260
Shares

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सनुकोशी–४ फलामेचौरका दिपेश श्रेष्ठको ११ हजार भोल्टेजकाे करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएकाे हाे। खेतमा काम गरेर घर फर्कने क्रममा करेन्ट लागेका दिपेशलाई बचाउन खोज्दा उनका बुबा फत्तबहादुर श्रेष्ठ समेत करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका फत्तबहादुरलाई उपचारका लागि काठमाडाैं लगिएको प्रहरीले बताएकाे छ ।