१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


तेलमा ठगीको गुनोसो बढेपछि पेट्रोल पम्पमा अनुगमन


793
Shares

सुशील गैरे
कपिलवस्तु । तेलमा ठगीको गुनोसो बढेपछि कपिलवस्तुका पेट्रोल पम्पमा अनुगमन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय बुटवल र सञ्चारकर्मीसहितको टोलीले जिल्लाका ३ पालिकामा रहेका ६ वटा पेट्रोल पम्पको अनुमगन गरेको हो।

नागरिक स्तरबाट पेट्रोलपम्पहरुले तेलमा ठगी गर्ने गरेको गुनासो बढेपछि जिल्लामा अनुगमन गरिएको जनाइएको छ । जन गुनासो बढेपछि पेट्रोल पम्पको अनुगमन गरिएको नाप तौल कार्यालय बुटवलका प्रमुख वरिष्ठ निरीक्षक शम्भु कुमार झाले जानकारी दिनुभयाे ।

कपिलवस्तु नगरपालिकाका शंकर पार्वती, चिन्नीलाल, पचेहराको आर्दश अटो मोबाईल्स, सुद्धोदन गाउपालिका – १ मा रिया आयल्स सप्लायर्स, बाणगंगा नगरपालिका– ४ मा लुम्बिनी पेट्रोलियम पम्प र वडा नम्बर ११ स्थित न्यु सिद्धार्थ डिजल्स सेन्टरमा अनुमन गरिएको हो।

टोलीले ६ वटै पेट्रोल पम्पमा डिजेल र पेट्रालको नाप जाँच गरेको थियाे। ६ वटै पेट्रोल पम्पमा नापको मात्रा ठिकै भेटिएको अनुगमन टाेलीले जनाएकाे छ । टोलीले पट्रोल पम्पलाई सुरक्षाको उपायहरुका मापदण्ड पालना गर्न निर्देशन समेत दिएको छ ।

यस्तै ३ वटा पेट्रोल पम्पलाई सक्कली प्रमाण पत्रका कागजातसहित प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएकाे छ ।