
फाइल तस्वीर
काठमाडौं । साढे सात किलो बढी कोकिनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतको दिल्ली लैजान लागेको साढे सात किलो बढी कोकिनसहित ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाह्लिमपुई पक्राउ परेका हुन् ।
लागू औषध नियन्त्रण व्युरोका प्रवक्ता चक्रराज जोशीले उनीहरूलाई गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको बताउनु भयाे ।
उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लैजान लागेको लागू औषधसहित एक जना र अर्का ठमेलस्थित एक होटलबाट पक्राउ परेका थिए।
प्रतिक्रिया दिनुहोस्