
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र बिचाैलियासहित तीन जनालाई ५० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ।
अख्तियारले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा नं-७ का वडाअध्यक्ष भीम बहादुर यादवसहित विचौलिया बिनोद भरलाई नियन्त्रणमा लिएको हो ।
घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको उनीहरुलाई घुस रकमसहित पक्राउ गरेको हो ।
वडा अध्यक्ष यादवले उत्खनन गरी घाटामा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप गरी सेवाग्राहीसँग ५० हजार घुस मागेका थिए ।
प्रतिक्रिया दिनुहोस्