५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


अर्थतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दल एक ठाउँमा हुनुपर्छः कमला पन्त


117
Shares

काठमाडाैं । राष्ट्रिय सभा सदस्य कमला पन्तले देशको अर्थतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने बताउनुभएको छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । देश आर्थिक विपन्नताले गर्दा जर्जर अवस्थामा पुगेको भन्दै आर्थिक अवस्थालाई सुदृढ पार्न सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले नयाँ पार्टीहरु बाहेकका पार्टीहरु सबैले सत्ता सञ्चालन गरेको भन्दै उहाँले यो अवस्था आउनमा एकले अर्कोलाई दोषारोपण गर्नु नहुने बताउनुभयो । उहाँले सहकारीका कारण जनताहरु मरि राखेको भन्दै सहकारीको अनुगमन गर्नुपर्ने बताउनुभयो ।

मिटरव्याज पीडितहरुको समस्यामा सरकार गम्भिर हुनुपर्ने उहाँले बताउनुभयो ।