३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


खड्काकाे नेतृत्वमा कांग्रेस सरकारमा


221
Shares

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलबीच मन्त्रालय भागबन्डामा सहमति लगभग जुटेको छ ।

गठबन्धन आबद्ध दलले सरकार विस्तार गर्न मन्त्रालय भागबन्डाको खाकासमेत बनाइसकेका छन् ।शनिबार र आइतबार बसेको सत्ता गठबन्धन आबद्ध दलको अनौपचारिक बैठकमा मन्त्रालय भागबन्डाको खाका तयार गरिएको हो । तर, संख्यामा सहमति जुटे पनि कुन मन्त्रालय कसले लिने भन्नेमा असहमति कायमै छ । स्रोतका अनुसार अनौपचारिक सहमतिलाई नेताहरूले मन्त्रालयको नामसमेत टुंग्याएर औपचारिकता दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनभित्र सहमति जुटाएर बुधबारसम्म मन्त्रिपरिषद्लाई पर्णता दिन चाहेका छन् । गठबन्धन आबद्ध मुख्य चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीचमा भएको अनौपचारिक छलफल अनुसार मन्त्रायल भागबन्डाको खाका तयार बनिसकेको छ ।

जसअनुसार कांग्रेस ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने सम्भावना छ । कांग्रेसबाट सरकारमा उपप्रधानमन्त्रीसहित उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गर्ने लगभग निश्चित छ ।कांग्रेस उपसभापति खड्काले कुन दलले कुन मन्त्रालय लिने भन्ने टुंगिन बाकी रहेको बताए । उनले आइतबार संसद् भवन नया बानेश्वरमा सञ्चारकर्मीसगको संवादमा कुन दलले कुनकुन मन्त्रालय पाउने भन्ने तय हुन बाकी रहेको बताएका हुन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।