२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


बारागढी गाउँपालिकामा आपाङ मैत्री हाण्डपम्प धारा जडान हुँदै


286
Shares

काठमाडाैं । बारागढी गाउँपालिका वडा नम्बर १ र ३ मा धारा सुरक्षित खानेपानी तथा आपाङ मैत्री हाण्डपम्प धारा भइरहेकाे छ ।

युनिसेफ नेपालको आर्थिक सहयागमा गाउँपालिकाले वडा नम्बर १ पिप्रा टोल तथा वडा नम्बर ३ खोपवामा सुरक्षित खानेपानी तथा आपाङ मैत्री हाण्डपम्प धारा जडान भइरहेको हाे।

सुरक्षित खानेपानीको अभाव नहाेस भन्ने उद्देश्यले हाण्डपम्प धारा जडान गरिएकाे गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे ।

युनिसेफ नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा धारा निर्माण हुन थालेपछि स्थानीयवासी खुसी भएका छन् ।

अहिले गाउँपालिकामा सुरक्षित खानेपानीको दुःख हटेकाे खानेपानी शाखा प्रमुख उपेन्द्र प्रसाद प्रमुख साहले जानकारी दिनुभयाे ।