Logo २१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026


दश दलीय गठबन्धनले देशलाई निकास दिन सक्दैन : ओली


52
Shares

अर्घाखाँची । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धनले देश विकासको लागि कुनै निकास दिन नसकिने बताउनु भएकाे छ।

मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत प्रशिक्षण दिन अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आउनुभएका उहाँले यस्तो बताउनुभएको हो ।

(माओवादी) केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई लक्षित गर्दै अध्यक्ष ओलीले सरकारमा सहभागी भएको २ दिनपछि नै एमालेविरुद्व षडयन्त्र रचिन थालिएकाे थियाे ।

मिसन ग्रास रूट कार्यक्रम अभियानले आगामी निर्वाचनसम्ममा एमालेले न्यूनतम ५१ प्रतिशत जनमत प्राप्त गर्ने दावी गर्नुभएको छ । जसको लागि वडा, पालिका, प्रदेश संघको निर्वाचनमा विजयी प्राप्त गर्नको लागि मिसन ग्रास रूट कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो ।