
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते मा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार हुने पक्का भएकाे छ ।
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा शनिबार साँझ तनहुँ–१ मा भट्टराईलाई उम्मेदवार बनाउन सहमति जुटेको बताइएकाे छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईलाई यसअघि नै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिइसकेकाे स्राेतकाे भनाइ छ ।
तनहुँ १ बाट गत चुनाव जितेका पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्