५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


सांसद्को प्रश्न– कालापानी, लिपुलेक र लिम्पियाधुराको जनगणना किन भएन ?


260
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना नभएको विषय प्रतिनिधिसभामा उठाउनु भएकाे छ ।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले उक्त क्षेत्रको जनगणना नहुँदा राम्रो सन्देश नगएकाे टिप्पणी गर्नुभयाे ।

उहाँले २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन जनगणना नभएको भन्दै प्रश्नसमेत गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘यसपल्ट त्यहाँ जनगणना नभएको सुनेको छु। जबकि सन् २०१८ सालमा नै जनगणना भएको थियो। यसपल्ट त्यहाँ गणना किन छुटेको हो ?’