
बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।
नेकपा (एमाले) का लिला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका हुन् ।
लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जनाले राजीनामा दिएकाे प्रदेशसभाकाे सचिवालयले जनाएकाे छ ।
माओवादीले समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएसँगै गिरी सरकार अल्पमतमा परेको छ।
प्रतिक्रिया दिनुहोस्