Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहक : राष्ट्रपति पौडेल


143
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहक भएको बताउनुभएको छ ।

मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवद्र्धनमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत भइरहेको प्रयासको सह्राना गर्दै उहाँले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

मुलुकमा क्रियाशील विभिन्न १९ वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीसँग शनिबार भएको भेटमा उहाँले आर्थिक कुटनीतिको रिक्तता पूरा गर्न निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका तर्फबाट नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले राष्ट्रपतिबाट निजी क्षेत्रमैत्री नीति नियम तर्जुमाका लागि सरकारलाई मार्गनिर्देशन हुने अपेक्षा राखिएको बताउनु भयो ।

शितल निवासमा आयोजित कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघ, नेपाल जर्मन उद्योग वाणिज्य संघ, नेपाल भारत उद्योग वाणिज्य संघ, नेपाल अमेरिका उद्योग वाणिज्य संघ, नेपाल ब्रिटन उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी थिए ।