
एजेन्सी । मोरक्कोले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाँचपटकको विश्व च्याम्पियन ब्राजिललाई हराएको छ ।
आइतबार बिहान भएको खेलमा मोरक्कोले ब्राजिललाई २–१ ले हराएको हो ।
खेलको २९ औं मिनेटमा सोफिआने बोउफलले गोल गर्दै मोरक्कोलाई सुरुआती अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा कप्तान कासिमिरोले गोल गर्दै ब्राजिललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ७९ औं मिनेटमा अब्देलहामिद साबिरीले गोल गर्दै मोरक्कोलाई २–१ को जित दिलाए ।
योसँगै मोरक्कोले पहिलो पटक ब्राजिललाई हराएको छ ।
प्रतिक्रिया दिनुहोस्