१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


‘दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उत्पीडनको अन्त्य हुँदैन’


286
Shares

काठमाडाैं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरुमाथि भएको उत्पीडनको अन्त्य नहुने बताउनुभएको छ ।

आज राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सभा सदस्य गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिनु नहुने बताउनुभएको हो ।

उहाँले जातको आधारमा आरक्षण दिएका कारण दलित समुदायमाथि भएको उत्पीडनको अहिलेसम्म अन्त्य हुन नसकेको बताउनु भयो । उहाँले दलित भनेर प्रतिनिधित्व पनि गराउन नहुने बताउनु भयो ।

उहाँले दलित र उत्पीडित जस्ता शब्द नै खारेज गर्नुपर्ने भन्दै छुवाछुत गर्नेलाई आजिवन कारावास र भेदभाव गर्नेलाई कम्तिमा दश वर्ष कैद र जरिवाना गर्नुपर्ने कडा कानून बनाउनुपर्ने बताउनु भयो ।

उहाँले उमेरको आधारमा पनि कसैलाई विभेद गर्नु नहुने भन्दै मान्छेले मान्छेलाई गर्ने सबै प्रकारको विभेदको अन्त्य आवश्यक रहेको बताउनुभयो ।